अविरल वर्षाले हुम्लामा २० घर भत्किए

डिसी नेपाल
४ कार्तिक २०७८ ७:२४

हुम्ला। आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन्। एक सय घर उच्च जोखिममा परेका छन्।

सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे उनले बताए।

सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ। सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेकाे छ। अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिराेले तीन घरमा क्षति गरेको छ। दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेकाे प्रहरीले जानकारी दिएकाे छ।

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जाेखिममा छन्। लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेकाे वडाध्यक्ष दत विष्टले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *