बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु
गोरखा। गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा चालक धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।
ट्रकमा सवार आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन् । घाइतेको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment