आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

डिसी नेपाल
८ कार्तिक २०७८ ११:१६
56
Shares

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ। विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछ।

सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ। स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ।

स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर-१२ खेल्न लागेको हो। पहिलो चरणमा अपराजित रहँदै स्कटल्यान्डले सुपर-१२ मा स्थान बनाएको हो। दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ। पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ।

हिजो (आइतबार) भएको बहुप्रतीक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *