पुरिएर महिलाको मृत्यु

डिसी नेपाल
९ कार्तिक २०७८ २१:०१
60
Shares

पोखरा ।घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थोकर रहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पुरिएर गम्भीर घाइते भएका थोकरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । घटनालगत्तै प्रहरी टोली घटनास्थलमा खटिई घटनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *