ए डिभिजन लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने
काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार महिनासम्म चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाउने घोषणा गरेको हो । लिग २९ कात्तिकबाट सुरू भइ १४ फागुनमा समापन हुनेछ । उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने लिगमा ९१ खेल खेलाइने छ । एन्फाले अन्तिम चार राउन्डका खेल हप्तामा दुई दिन मात्रै खेलाउने निर्णय गरेको छ । एक दिन चार खेल हुँदा अर्को दिन तीन खेल हुनेछ ।
एन्फाले दशरथ रंगशाला र एन्फा मैदानमा सुरुवाती चरणका खेल खेलाउने छ । अन्तिम चरणका खेल च्यासल मैदानमा खेलाउने निर्णय भएको लिग निर्देशक संजीव मिश्रले बताए ।
साविक विजेता मच्छिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज क्लब, फ्रेण्डस क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब र नव प्रबेशी सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment