टी- ट्वान्टी विश्वकप : इंग्ल्याण्डकाे लगातार तेस्रो जित

डिसी नेपाल
१४ कार्तिक २०७८ ६:२६
228
Shares

काठमाडौं। इग्ल्यान्डले आइसिसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ। शनिबार सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ।
जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो। इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो। अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए। इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *