‘मौलिक कला संस्कृतिको संरक्षणमा लाग्नुपर्छ’

डिसी नेपाल
२१ कार्तिक २०७८ १६:२८
20
Shares

काठमाडौं । पोखरास्थित फेवा टेलिभिजनद्वारा सञ्चालित फेवा चौतारी सांस्कृतिक टिमले आज आयोजना गरेको देउँसीभैलो कार्यक्रममा गण्डकी प्रदेशका तीन मन्त्री छम्छम्ती नाचेका छन् ।अर्थमन्त्री रामजी बरालको निवासमा आयोजित कार्यक्रममा मन्त्री बरालसँगै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले एउटै मञ्चमा देउसी भैलो कार्यक्रममा नृत्य प्रदर्शन गरेका थिए ।

नेपालको मौलिक कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा उनीहरुले नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा दिगो रुपमा लाग्न सुझाव दिएका छन् । पछिल्लो समयमा पश्चिमा संस्कृतिले नेपालमा प्रशय पाइरहेको अवस्थामा नेपाली लोक भाकासहितको कला संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको अर्थमन्त्री बरालले बताए ।यसैबीच अर्थमन्त्री निवासमा राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक टोलीलेसमेत देउसीभैलो कार्यक्रम आयोजना गरेका थिए । प्रदेशसभा सदस्य पियारी थापा, पार्टीका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालसहितको टोली देउसीभैलोमा सहभागी भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *