सेमिफाइनलमा हारको लागि क्रिकेटर हसन अलीले माफी मागे, उनकी पत्नी भारतीय हुन्

डिसी नेपाल
२८ कार्तिक २०७८ १६:३४

काठमाडौं। टि–२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । खेलमा हसन अलीले म्याथ्यु वेडको क्याच छोडेका थिए । उनको हातबाट क्याच छुटेलगत्तै वेडले लगातार ३ छक्का हानेर खेल जितेका थिए । त्यसपछि हसन अली र उनकी पत्नीको धेरै आलोचना भएको थियो ।

अब हसन अलीले आफ्नो गल्तीको लागि पाकिस्तानी क्रिकेट प्रेमीहरुसँग माफी मागेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘मलाई थाहा छ तपाइँहरु मबाट धेरै निराश हुनुहुन्छ किनकि म तपाइँहरुको अपेक्षाअनुसार खरो उत्रिन सकिन । तर यतिबेला मजति दुखी शायदै कोही होला । तपाइँहरुका मबाट जे अपेक्षा छन् त्यसको लागि निराश नहुनुस् । म आफ्नो देशको हरेक स्तरमा सेवा गर्न चाहन्छु । मैले फेरि कडा मेहनत सुरु गरेको छु । म अझै बलियो भएर तपाइँहरुको अगाडि आउनेछु । तपाइँहरुको प्रिय सन्देश र आशीर्वादको लागि धन्यवाद मलाई यसको धेरै आवश्यकता थियो ।’

हसन अलीकी पत्नी भारतीय हुन् र यही कारण उनकी पत्नीको निकै आलोचना भएको थियो । पाकिस्तान हारेपछि हसन अली शिया मुस्लिम भएको र उनकी पत्नी सामिया भारतीय भएको भन्दै सामाजिक संजालमा दुवै विरुद्ध निकै आपत्तिजनक र अपशब्द प्रयोग गरिएको थियो । हसन अलस्लाई पाकिस्तानमा गद्दार समेत भनिएको थियो । यसअघि भारत पाकिस्तानसँग हारेपछि पनि भारतमा मोहम्मद शमीलाई पाकिस्तानी गद्दार भन्दै आपत्तिजनक गाली गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *