विश्वकपको रोचक तथ्यः भारतसँग नखेली फाइनल पुगेको टिमले मात्रै जितेको छ फाइनल

डिसी नेपाल
२८ कार्तिक २०७८ १७:०१

काठमाडौं। टि–२० विश्वकपको फाइनल आज हुँदेछ । आज प्रतियोगिताको उपाधिको लागि अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् । दुवै टिमले यो फरम्याटमा अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छेनन् । यसको अर्थ यस पटक नयाँ टि–२० च्याम्पियन बन्ने निश्चित छ ।

टि–२० विश्वकपको फाइनलभन्दा पहिले एउटा रोचक तथ्य भेटिएको छ । खासमा यसअघि कूल ६ टि–२० विश्वकप भएका छन् । २००७ को विश्वकप भारतले जितेको थियो । त्यसबाहेक अन्य ५ वटै विश्वकपमा जसले पनि उपाधि जितेको छ त्यो टिम भारतसँग एउटा पनि खेल नखेली फाइनल पुगेका छन् । अर्थात अहिलेसम्म भारतसँग एउटा पनि खेल नखेली फाइनल पुगेका टिमले मात्रै फाइनल जितेका छन् ।

यस हिसाबले यो विश्वकपमा अस्ट्रेलिया भारतसँग नखेली फाइनल पुगेकोले यो मिथकलाई पत्याउनेहरुले अस्ट्रेलियाले जित्ने अनुमान गरेका छन् । यद्यपि यो संयोग थियो र यस पटक यो संयोग नहुन पनि सक्छ । बरु यो विश्वकपमा टसलाई निकै अहम मानिएको छ । यहाँको पिचमा अहिलेसम्म पहिले बलिङ गर्ने टिमले खेल जित्ने देखिएकोले टस जित्ने टिमलाई पहिले बलिङ रोजेर खेल जित्न सहज हुने मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *