स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट
काठमाडौं। स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन्। आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन्।
स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो ।
जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोयशिया विश्वकपमा स्थान बनाउन सफल भयो।
आइतबार राति भएको खेलमा क्रोयशियाले रुसलाई १–० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो। रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोयशियालाई भएको हो।
जितसँगै क्रोएसिया १० खेलमा २३ अंक बनाएर शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । दोस्रो स्थानको रुसको १० खेलमा २२ अंक जोड्यो। रुसको प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment