विश्वकपमा छनोट हुन नसकेपछि धरधरी रोए रोनाल्डो, के उनी कतार विश्वकप खेल्न पाउँदैनन् ?

डिसी नेपाल
२९ कार्तिक २०७८ ११:२७

काठमाडौं। आफ्नै होमग्राउण्डमा सर्बियासँग विश्वकप छनोटको समूह चरणको अन्तिम खेल खेल्नुअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो देश विश्वकपमा छनोट हुने ग्यारेन्टी गरेका थिए । तर, सर्बियासँग २–१ ले पराजित भएसँगै पोर्चुगल २०२२ मा कतारमा हुने विश्वकपका लागि छनोट हुन सकेन । खेल हारेपछि रोनाल्डो मैदानमै बसेर धरधरी रोए । यससँगै रोनाल्डोले आफ्नो करिअरकै अन्तिम विश्वकप गुमाउन सक्ने खतरा बढेको छ ।

पोर्चुगल समूह चरणको अन्तिम खेल खेल्नुअघि समूहको शीर्ष स्थानमा थियो । यो खेल बराबरीमै रोकिएको भए पनि पोर्चुगल विश्वकपमा छनोट हुने थियो । तर, अन्तिम समयको गोलले पराजित भएपछि पोर्चुगल अब विश्वकप पुग्नको लागि प्ले अफ खेल्नुपर्ने भएको छ । अब पोर्चुगलसँग प्ले अफ जितेर मात्रै विश्वकपसम्म पुग्ने बाटो बाँकी छ ।

अब पोर्चुगलले विश्वकपमा छनोट हुनको लागि प्ले अफमा ४ देशहरुको समूहमा समूह विजेता बन्नुपर्नेछ । समूहमा शीर्ष स्थानमा रहन सकेमा मात्र पोर्चुगल विश्वकपमा छनोट हुन सक्नेछ । प्ले अफमा १२ युरोपेली देशहरु खेल्नेछन् । विश्वकप छनोटमा युरोपमा १० समूह थिए । त्यसबाट १० समूह विजेता सिधै विश्वकपमा छनोट हुन्छन् । दोस्रो हुने १० देशले अब प्ले अफ खेल्नुपर्नेछ ।

यसबाहेक विश्वकपको प्ले अफमा युइएफए नेशन्स लिगबाट पनि २ देश थपिएर १२ देश हुनेछन् । प्ले अफमा यी १२ देशहरुलाई प्रत्येक समूहमा ४–४ देश रहनेगरी ३ समूहमा विभाजन गरिनेछ । यी ३ समूहमा पर्ने देशहरुले एक अर्कासँग खेल्नेछन् र समूहको विजेता हुने देश विश्वकपको लागि छनोट हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *