पति पत्नीको जोडी नै विश्वकप च्याम्पियन, पत्नीले जितेकी छिन् ६ विश्वकप

डिसी नेपाल
२९ कार्तिक २०७८ १२:२८

काठमाडौं । अस्ट्रेलियाका तीब्र गतिका बलर मिचेर स्टार्क विश्वकपको फाइनलमा निकै महंगा साबित भएर ४ ओभर बलिङ गरेका उनले १५ को इकोनोमीमा ६० रन दिए र एक विकेट पनि लिन सकेनन् । तर, स्टार्ककको महंगो बलिङका कारण अस्ट्रेलियाले हार भने व्यहोर्नु परेन । अस्ट्रेलियाले न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जित्यो ।

मिचेल स्टार्क यसअघि २०१५ मा एकदिवसीय विश्वकप जित्दा पनि अस्ट्रेलियाको टिमका सदस्य खेलाडी थिए । यतिमात्र होइन उनकी पत्नी अस्ट्रेलियाको महिला क्रिकेट टिमकी खेलाडी उनले । स्टार्कले २०१५ मा एकदिवसीय विश्वकप र अहिले टि–२० विश्वकप जित्दा उनकी पत्नीले अहिलेसम्म ६ वटा विश्वकप जितिसकेकी छिन् ।

स्टार्ककी पत्नी तथा अस्ट्रेलियाको टिमकी विकेटकिपर ब्याटर एलिसा हिलीले २०१०, २०१२, २०१४, २०१८ र २०२० को टि–२० विश्वकप जितेकी छिन् । उनी २०१३ को एकदिवसीय विश्वकप विजेता टिमकी पनि सदस्य थिइन् तर प्रतियोगितामा उनले एउटा पनि खेल खेलिनन् । उनी २०१८ को विश्वकपमा प्लेयर अफ द सिरिज र २०२० को विश्वकप फाइनलमा प्लेयर अफ द म्याच भएकी थिइन् । पुरुष टि–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेसँगै स्टार्क र एलिसाको जोडी टि–२० विश्वकप विजेता पहिलो जोडी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *