उनलाई अस्ट्रेलियनहरुले घृणा गर्थे तर उनैले हिरो बनेर विश्वकप जिताइदिए

डिसी नेपाल
२९ कार्तिक २०७८ १४:२५

काठमाडौं। अस्ट्रेलियाका अलराउण्डर मिचेल मार्शको विष्फोटक इनिङका कारण अस्ट्रेलियाले पहिलो पटक टि–२० विश्वकपको उपाधि जितेको छ । आइतबार मार्शले अस्ट्रेलियाको जितको लागि ५० बलमा नटआउट ७७ रनको शानदार इनिङ खेले । उनको यो इनिङप्रति खुसी व्यक्त गर्दै कप्तान एरोन फिन्चले मार्शले आफ्नो करिअरमा अनावश्यक आलोचनाको सामना गर्नु परेको बताए । आलोचनामा पनि हार नमानेर उनले आफ्नो क्षमता प्रमाणित गरेको फिन्चले बताए ।

मिचेलले एक पटक आफूले सहेका आलोचनाबारे खुलासा गरेका थिए । चोटका कारण आफ्नो करिअरको सुरुवाती समयमा आफूले राम्रो प्रदर्शन गर्न नसक्दा अस्ट्रेलियाका धेरैजसो मानिसहरुले आफूलाई घृणा गर्ने उनले बताएका थिए । फाइनलमा जितपछि कप्तान फिन्चले भने ‘उनले लामो समयसम्म आलोचनाको सामना गरे । त्यो पनि त्यतिबेला जब उनको प्रदर्शन कुनै पनि प्रारुपमा खराब थिएन । यदि तपाइँले उनको एकदिवसीयको आँकडा हेर्नुहुन्छ भने धेरै राम्रो छ ।’ ३० वर्षका मार्श आफ्नो करिअरमा चोटका कारण धेरै समय खेल्न सकेनन् । उनी विगत एक दशकदेखि अस्ट्रेलियाको राष्ट्रिय टिमका लागि खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *