अन्तिम चौका हानेपछि कप्तानलाई अंगालो हालेर धरधरी रोए म्याक्सवेल

डिसी नेपाल
२९ कार्तिक २०७८ १५:०२

काठमाडौं। टि–२० विश्वकपको फाइनलमा अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले चौका हानेर आफ्नो टिमलाई जित दिलाए । जितपछि म्याक्सवेल निकै भावुक भए । उनले कप्तान एरोन फिन्चलाई अंगालो हाले अनि धरधरी रोए । मार्कुस स्टोइनिस र मिचेल मार्श पनि निकै भावुक भएका थिए । जितपछि मैदानमा अस्ट्रेलियाका खेलाडीले विभिन्न तरिकाले खुसी व्यक्त गरे ।

टि–२० विश्वकप सुरु भएको १४ वर्षपछि अहिले मात्रै अस्ट्रेलियाले यसको उपाधि जित्न सकेको हो । अस्ट्रेलियाले फाइनल ८ विकेटले जितेको हो । यो जितमा अस्ट्रेलियाका डेभिड वार्नरले शानदार ५३ रनको इनिङ खेले । मिचेल मार्शले नटआउट ७७ रन बनाए । लक्ष्यको पिछा गरेको अस्ट्रेलियाको सुरुवात राम्रो भएन । कप्तान एरोन फिन्च ५ रनमै आउट भए । तर, दोस्रो विकेटको लागि डेभिड वार्नर र मिचेल मार्शले ९२ रनको साझेदारी गरे । वार्नर आउट भएपछि मार्शले म्याक्सवेलसँग ६६ रनको साझेदारी गरेर खेल जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *