विश्वकप खेलेर फर्किंदा भारतीय खेलाडीसँग करोडौंको अवैध सामान भेटियो, विमानस्थलमा जफत

डिसी नेपाल
३० कार्तिक २०७८ १०:२५

काठमाडौं। युएइमा आइसीसी टि–२० विश्वकपमा भारतीय टिमको प्रदर्शन निराशाजनक रह्यो । सुपर १२ बाटै बाहिरिएको भारतीय टिम घर फर्किएको छ । भारतीय खेलाडीहरु दुबइबाट भारतमा आ–आफ्नो घर आएका छन् । यस क्रममा भारतीय टिमका अलराउण्डर हार्दिक पंड्या मुम्बइ विमानस्थलमा अवतरण गरेका थिए ।

विमानस्थलमा हार्दिक पंड्याको जाँच गर्दा उनको साथबाट ५ करोड रुपैयाँ मूल्यका २ घडी बरामद भएका छन् । कस्टम विभागले जाँचको क्रममा बहुमूल्य सामान भेटिएपछि यसबारे सोधपुछ गर्दा हार्दिकले त्यो सामान वैध तरिकाले ल्याएको प्रमाणित गर्न सक्ने कुनै चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

हार्दिकले सन्तोषजनक जवाफ दिन नसकेपछि ती घडीहरु अवैध तरिकाले ल्याइएको ठहर गर्दै कस्टम विभागले जफत गरेको छ । हार्दिकसँग यी घडीको कुनै बिल पनि थिएन । कस्टम विभागले घडीहरु जफत गरेर विभागीय जाँच सुरु गरेको छ । यसअघि नोभेम्बर २०२० मा हार्दिकका दाजु क्रुणालको साथबाट पनि यस्तै महंगा घडी बरामद भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *