सान मारिनोको पोष्टमा इंल्यान्डले गोलको वर्षा गर्दै विश्वकपमा छनोट
काठमाडौं।सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट खेलमा इंल्यान्डले सान मारिनोको पोष्टमा गोलको वर्षा गरेको छ।गए राती भएको खेलमा इंल्यान्डले सान मारिनोलाई १०–० को फराकिलो मतान्तरले हराउँदै विश्कपको यात्रा निश्चित गरेको छ।सो खेलमा इंल्यान्डका कप्तान ह्यारी केनले सर्वाधिक ४ गोल गरेका थिए। मग्वाएरले छैटौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । यो जितसँगै समूह ’आई’मा रहेको इंग्ल्यान्डले १० खेलमा २६ अंक जोडेको छ भने,सान मारिनोले १० खेलमा सबैमा पराजित भएर अंक बिहिन रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment