बंगलादेशमा खेल्न गएको पाकिस्तानी टिमले राष्ट्रिय झण्डा गाडेपछि बबाल

डिसी नेपाल
३० कार्तिक २०७८ १५:५५

काठमाडौं। विश्वकपपछि बंगलादेशमा सिरिज खेल्नको लागि गएको पाकिस्तानी क्रिकेट टिमको खेल सुरु हुनुभन्दा पहिल्यै बबाल भएको छ । बंगलादेशमा प्रशिक्षण क्याम्पमा पाकिस्तानी कोच सकलैन मुस्ताकले आफ्ना खेलाडीहरुको हौसला बढाउनको लागि पाकिस्तानको झण्डा गाडेका थिए । यो देखेर बंगलादेशी फ्यान आक्रोशित भए र उनीहरुले रिसिज नै रद्ध गर्न माग गरेका छन् ।

बंगलादेशमा यसअघि पनि धेरै देशहरु खेल्नको लागि आए पनि उनीहरुले यसरी प्रशिक्षण क्याम्पमा झण्डा नलगाएको भन्दै बंगलादेशी फ्यानहरुले पाकिस्तानको विरोध गरेका हुन् । खासमा पाकिस्तानी कोच मुस्ताकले टि–२० विश्वकपका क्रममा खेलाडीको मनोबल बढाउनको लागि प्रशिक्षण क्याम्पमा पाकिस्तानको झण्डा लगाएका थिए । उनले यो कामलाई बंगलादेश भ्रमणमा पनि जारी राखे ।

बंगलादेश भ्रमणमा पाकिस्तानले पहिलो ३ टि–२० र त्यसपछि २ टेस्ट खेल्नेछ । नोभेम्बर १९, २० र २२ मा तीन टि–२० हुनेछन् । त्यसपछि २६ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म चटगांवमा पहिलो टेस्ट हुनेछ । दोस्रो टेस्ट ४ डिसेम्बरदेखि ८ डिसेम्बरसम्म ढाकामा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *