विश्वकपमा छनोट हुन पोर्चुगलले युरोपियन च्याम्पियन इटलीको सामना गर्नुपर्ने

डिसी नेपाल
१ मंसिर २०७८ १०:४३

काठमाडौं। विश्वकप छनोटमा सर्बियासँग पराजित भएर सिधै विश्वकपमा जान नसकेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले अब विश्वकपमा छनोट हुन युरोपेली च्याम्पियन इटलीको सामना गर्नु पर्नसक्ने देखिएको छ । युरोपेली च्याम्पियनसिपका पछिल्ला दुई संस्करणका विजेताहरु पोर्चुगल र इटली विश्वकपमा सिधै छनोट हुन सकेन । निर्णायक खेलमा पोर्चुगल सर्बियासँग र इटली स्विट्जरल्याण्डसँग पराजित भए ।

अब यी दुवै प्लेअफ खेल्नुपर्नेछ जहाँ विश्वकपमा पुग्ने तीन स्थानको लागि १२ टिमको प्रतिस्पर्धा हुनेछ । दुवै टिम सेमिफाइनल ड्रमा सीडेड समूहमा छन् जसको अर्थ उनीहरु एउटै बाटोमा पर्ने र एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको इएसपिएनले जनाएको छ । प्लेअफ ड्र नोभेम्बर २६ शुक्रबार स्विट्जरल्याण्डको ज्युरिखमा सार्वजनिक हुनेछ ।

सेमिफाइनल ड्रमा पोर्चुगल, स्कटल्याण्ड, इटली, रुस, स्वेडेन र वेल्स सीडेड समूहमा छन् भने टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिक अनसीडेड समूहमा छन् । यी ६ सीडेड टिमहरु सेमिफाइनलमा आफ्नो होमग्राउण्डमा खेल्नेछन् । ड्रमा पोर्चुगल र इटली एउटै पाथमा परे भने उनीहरुले एक अर्काविरुद्ध खेल्नुपर्ने अवस्था आउनेछ । यस्तोमा यी दुईमध्ये एउटाले कतारमा विश्वकप खेल्न पाउने छैन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *