ब्राजिलसंग बराबरी खेल्दै,अर्जेन्टिना विश्वकपमा छनोट
काठमाडौं।अर्जेन्टिना सन् २०२२ मा कतारमा हुने विश्वकपमा फुटबल खेल्ने निश्चित भएको छ।बुधबार बिहान ब्राजिलसंग भएको खेलमा गोलरहित बराबरी खेल्दै दक्षिण अमेरिकी देश अर्जेन्टिनाले विश्वकप यात्रा पक्का गरेको हो। ब्राजिल भने शिर्ष स्थानमा रहँदै यस अघि नै विश्वकपमा छनोट भइसकेको छ।
अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा दुबै देशले गोलको राम्रो अवसर पाएपनि गोलमा परिणत गर्न सकेनन्। १३ खेल खेलेको अर्जेन्टिना २९ अंकका साथ स्थानमा रहेको छ। ब्राजिल भने १३ खेलमा ३५ अंक सहित शिर्ष स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment