राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

डिसी नेपाल
१ मंसिर २०७८ १२:१३

काठमाडौं। इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लिंग जाँचको माग गरिएको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर पुरुष भएको भन्दै इरानको कट्टर प्रतिद्वन्द्वी जोर्डनले लिंग जाँचको माग गरेको हो । इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा जोर्डनलाई ४–२ ले पराजित गर्दै पहिलो पटक एसिया कपमा छनोट भएको थियो जुन खेलमा यी गोलकिपरले २ पेनाल्टी बचाएकी थिइन् ।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानको महिला टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको आरोप लगाउँदै एसियाली फुटबल महासंघसँग उनको लिंगको पुष्टि गर्न माग गरेका हुन् । डेलीमेलको रिपोर्टअनुसार २५ सेप्टेम्बरमा उज्वेकिस्तानमा भएको जोर्डनविरुद्धको खेलमा यी खेलाडीले २ गोल बचाएपछि इरान एसिया कपमा छनोट भएको थियो ।

जोर्डनले यस्तो माग गरेपछि एसियाली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको भन्दै यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरे । फिफाका पूर्व उपाध्यक्ष समेत रहेका प्रिन्स अलीले यदि यो आरोप सत्य भए निकै गम्भीर मुद्दा भएको बताए । इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनको टिमले खेल हारेपछि बहाना खोजिरहेको आरोप लगाएका छन् ।

उनले यसअघि पनि जोहरेहले २००८ र २०१० मा एसिया कप छनोटमा आफ्नो देशको प्रतिनिधित्व गरेको बताउँदै हरेक पटक मेडिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्तावेज उपलब्ध गराइएको बताए । जोर्डनले भने इरानको महिला टिममा लिंग र डोपिङ विवादको इतिहास रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *