आज नेपालले कतारसंग अन्तिम खेल्दै

डिसी नेपाल
२ मंसिर २०७८ १०:१६

काठमाडौं।नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज कतारसंग अन्तिम तथा दोस्रो टी– २० अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ। कतारको दोहास्थित ‘वेस्ट इन्ड पार्क’ स्टेडियममा घरेलु टोली कतार र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।यस अघि खेलेको दुई खेलको सिरिज नेपालले जितिसकेको छ । तर, नेपाल तेस्रो खेल समेत जित्दै सिरिज ३–० ले आफ्नो बनाउन चाहन्छ । नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रन र बुधबार भएको दोस्रो खेलमा ६१ रनको को बिशाल मतान्तरले हराएको थियो।कतार भने हारको बदला दिने दाउमा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *