अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता आजबाट

डिसी नेपाल
४ मंसिर २०७८ २२:११

सिमकोट ।सिमकोट अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता शनिबार दिउसोबाट सुरु भएको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सुरु भएको हो । योङ स्टार क्लबको आयोजनामा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष रबिन कुमार बस्नेतले बताए ।

प्रतियोगितामा सिमकोटबाट एक, खार्पुनाथबाट दुई, सर्केगार्डबाट तीन, चंखेलीबाट एक र अदानचुली गाउँपालिका एक वटा टिम गरी आठ वटा टिम पुरुषतर्फ सहभागिता रहेको छ । नाम्खा र ताँजाकोट गाउँपालिकाको भने सहभागिता रहेको छैन । प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले संयुक्त गरेका थिए । पुरुषतर्फ विजेता टिमले २ लाख नगद रुपैयाँ र ट्रफी पाउने छ भने उपविजेता टिमले १ लाख रुपैयाँ पाउने छ ।

महिलातर्फ पनि सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चंखेली गाउँपालिकाको सहभागिता रहेको छ । महिलातर्फ भने विजेता टिमले पचास हजार र उपविजेताले तीस हजार पुरस्कार पाउने छन् । पुरुष तथा महिला भलिबल प्रतियोगिता लिक चरणका हुने भएका छन् ।प्रतियोगिता पाँच देखि छ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । क्लबको आयोजनामा यसअघि नौ वटा संस्कार सञ्चालन भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *