मेस्सीको गोल, पीएसजीको जित

डिसी नेपाल
५ मंसिर २०७८ ६:५७
1.3k
Shares

काठमाडौं। स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे। खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो। खेलको ८७औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो।

यसघि खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो।

खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *