टि–१० लिगमा तुफान, १ ओभरमा ३५ रन, २३ बल खेल्दा ८ वटा छक्का

डिसी नेपाल
५ मंसिर २०७८ १३:५८

काठमाडौं। युएइमा अहिले टि–१० लिग चलिरहेको छ । क्रिकेटको सबैभन्दा छोटो फर्म्याटमा इङल्याण्डका खेलाडी लियाम लिभिंगस्टोनले तुफानी इनिङ खेलेका छन् । टिम अबु धाबीबाट खेल्दै लिभिङस्टोनले नर्दर्न वारियर्सविरुद्ध एउटै ओभरमा ३५ रन बनाए । उनले आफ्नो पूरै इनिङमा ८ वटा छक्का हाने ।

शनिबार भएको खेलमा टिम अबु धाबीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसले १० ओभरमा ५ विकेटको क्षतिमा १३५ रन बनायो । टिमको लागि लियाम लिभिङस्टोनले २३ बलमा ६८ रन बनाए । जवाफमा नर्दन वारियर्सले ७ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो ।

९ औं ओभर जोशुआ लिटलले बलिङ गरेका थिए । यही ओभरमा लिभिङस्टोनले ४ वटा छक्का र २ चौका हाने । ब्याटिङ गरेर कूल ३२ रन बन्दा ३ बल लिटनले वाइड फाले । अन्तिम ओभरमा पनि लिभिङस्टोनले ३ बल खेल्दा १४ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *