‘रन फर प्रोटिन हाफ म्याराथन’ पुस पहिलो साता हुने

डिसी नेपाल
५ मंसिर २०७८ १४:१५

काठमाडौं । पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजन हुने भएको छ । आयोजक नेपाल भेटनरी एसोसिएनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी पुस ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ बिधा समावेश गरेको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए ।

म्याराथन पुरुष र महिला दुवै बिधामा हुनेछ । यस्तै, १० किलोमिटर खुला, ५ किलोमिटर खुला, ५ किलोमिटर पुरुष (१२ कक्षासम्म), ३ किलोमिटर महिला (१२ कक्षासम्म) र व्ह्विलचियर दौड हुनेछ ।

हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान एक लाख रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौँ हुनेले ३० हजार रुपैयाँ हात पार्ने छन् ।

१० किलोमिटरका विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ हात पार्ने छन् ।

५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने छन् ।

व्ह्विलचियर विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ । म्याराथनमा करिब २ हजारको सहभागी हुने अनुमान गरेको एसोसिएनका अध्यक्ष डाक्टर श्रेष्ठले जानकारी गराए ।

म्याराथन दशरथ रंगशालाबाट सुरू भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुँदै सोही रुट फिर्ता भई दशरथ रंगशालामा आएर टुंगिनेछ ।

यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपक्षी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघलगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौडलाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *