ङिमा दोर्जी शेर्पा स्मृति भलिबल प्रतियोगिता सम्पन्न

डिसी नेपाल
७ मंसिर २०७८ ११:३१

काठमाडौं । ङिमा दोर्जी शेर्पा स्मृति गोल्ड कप गाउँपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंसिर १ गते सम्पन्न प्रतियोगितामा विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य हिमशृङलाहरुको प्राङ्गणमा भएको थियो ।

खुम्बु ल्यामु गाउँपालिका वडा नं.४ मा अवस्थित फोर्चे युवा समूहको आयोजनामा गत कार्तिक २१ बाट मंसिर १ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आयोजककै टिम प्रथम भएका छन् ।

उपविजेता पाङबोचे आधारभूत विद्यालय भएको छ भने तृतीय स्थान हासिल गर्ने टिम खुम्जुङ युवा क्लब भएको छ । प्रतियोगीतामा खुम्बु पासाङ ल्यामु गाउँपालिकाको आर्थिक प्रायोजनमा भएको थियो ।
आयोजक समितिका सचिव कुन्सल शेर्पाका अनुसार फाइनलमा पाङबाचे आधारभूत विद्यालयको टिमलाई हराउँदै फोर्चे यूवा समूहले उपाधिमाथि जित हासिल गरेका थिए ।

विजेता समूहले ५ लाख बराबरको सु्नजडित गोल्डकप प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको पाङबोचे आधारभूत विद्यालयले ६० हजारमा चित्त बुझाएको सचिव शेर्पाले जानकारी दिए । प्रतियोगितामा तृतीय बनेका खुम्जुङ युवा क्लबले ४० हजार प्राप्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *