आफूभित्र ऊर्जा धेरै भएपछि ऊर्जा खर्च गर्न म्याचअघि सेक्स गर्थे महान बक्सर टाइसन

डिसी नेपाल
८ मंसिर २०७८ ११:४९

काठमाडौं। महान बक्सर माइक टाइसन रिंगमा आफ्नो आक्रामकता, आक्रोश र पागलपनका लागि चिनिन्छन् । अहिले माइक टाइसनको उमेर ५५ वर्ष भएको छ । टाइसन जेल गइसकेका छन्, आफ्नो विरोधीको कान टोकिसकेका छन् । यसका अलावा विश्वका सबैभन्दा महान बक्सरमध्येका एक मोहम्मद अलीले समेत स्वीकार गरिसकेका छन् कि माइक टाइसनले उनलाई बक्सिङ रिंगमा हराउन सक्थे ।

यही बीच माइक टाइसनको आक्रामकताको विषयमा अर्को खुलासा भएको छ । टाइसनका पूर्व ड्राइभर रुडी गोन्जालेजका अनुसार टाइसनको शरीरमा उति धेरै ऊर्जा भरिएको हुन्थ्यो कि उनलाई आफ्नो बक्सिङ म्याचभन्दा पहिले सेक्स गर्नुपर्थ्यो । टाइसनलाई डर हुन्थ्यो कि यति धेरै ऊर्जासहित रिंगमा जाँदा विरोधीलाई उनले मारिदिन पनि सक्छन् । त्यसैले उनी म्याचको ठिक अगाडि सेक्स गरेर केही ऊर्जा खर्च गरेर मात्र रिंगमा जान्थे ।

बेलायती अखबार द सनसँग कुरा गर्दै गोन्जालेजले भने ‘टाइसनको एउटा खास सिक्रेट यो हो कि उनलाई आफ्नो फाइटभन्दा पहिले सेक्स गर्नुपर्छ । ड्राइभर हुनुका अलावा मेरो काम यो पनि थियो कि मैले बक्सिङ म्याचभन्दा पहिले यस्ती महिला खोज्नु पर्थ्यो जो टाइसनसँग शारीरिक सम्बन्धको लागि तयार होउन् । टाइसन भन्थे कि यदि मैले यस्तो गरिन भने मैले विरोधीलाई मारिदिनेछु । आफ्नो सेक्स सेसनपछि माइक केही शान्त हुन्थे र भन्थे आज विरोधी मर्नबाट बच्नेछ । साँच्चै भनौं भने टाइसन एक ट्रेनजस्तै थिए जो अगाडि आउने कुनै पनि व्यक्तिलाई कुल्चेर मार्नको लागि तयार रहन्थे ।’

५५ वर्षका टाइसनको डिफेन्स जति शानदार थियो त्योभन्दा खतरनाक उनको आक्रमण थियो । उनी आफ्नो सुरुवाती करिअरमा केही राउण्डमै विरोधीलाई नकआउट गरिदिन्थे । टाइसनको दबदबा यस्तो थियो कि उनले २० वर्षको उमेरमै आफ्नो पहिलो विश्व च्याम्पियनशिप जितेका थिए । टाइसन आफ्ना कोच कस डिअमेटोको निकै नजिक थिए । उनी कोचलाई रोल मोडल र पिताजस्तो सम्झिन्थे ।

१९८५ मा कोच डिअमेटोको मृत्यु भयो र टाइसन अझैसम्म त्यो शोकबाट बाहिर निस्किन सकेका छैनन् । टाइसन आफ्नी छोरीको मृत्युका कारण पनि लामो समयसम्म शोकमा रहे । तर, उनले आफूलाई कहिल्यै कमजोर हुन दिएनन् र आफ्ना भावनालाई आफ्नो शक्ति बनाए । टाइसन अहिले पहिलेको तुलनामा धेरै शान्त भइसकेका छन् र यसको श्रेय उनी केही प्राकृतिक औषधिहरुलाई दिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *