आईपीएल अप्रिलबाट, १० टोली सहभागी हुने

डिसी नेपाल
८ मंसिर २०७८ १३:०३
732
Shares

काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ। विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको छ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टी-२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन्।

कोभिड-१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *