क्रिकेटर सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलिया प्रस्थान

डिसी नेपाल
८ मंसिर २०७८ १४:४५
548
Shares

काठमाडौं। आसन्न टी-२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन्। सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन्।

बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन्। ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ।

सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन्। सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *