विराट कोहली टि–२० बरियतामा टप १० बाट बाहिरिए, पाकिस्तानी कप्तान नम्बर एक

डिसी नेपाल
८ मंसिर २०७८ १६:४७

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टि–२० अन्तर्राष्ट्रिय बरियतामा भारतीय टि–२० टिमका पूर्वकप्तान विराट कोहली शीर्ष १० बाट बाहिरिएका छन् । भारतका नयाँ कप्तान रोहित शर्माले बरियतामा २ स्थान सुधार गरेको भए पनि उनी समेत टप १० मा पर्न सकेका छैनन् । शीर्ष १० मा एकमात्र भारतीय लोकेश राहुल छन् ।

टि–२० अन्तर्राष्ट्रियमा ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर आजम कायमै छन् । त्यसपछि क्रमशः इङल्याण्डका डेविड मलान दोस्रो, दक्षिण अफ्रिकाका एडेन कारकरम तेस्रो, पाकिस्तानका मोहम्मद रिजवान चौथो र भारतका लोकेश राहुल पाँचौं स्थानमा छन् । यस्तै अस्ट्रेलियाका आरोन फिन्च छैटौं, न्यूजिल्याण्डका डेभान कन्वे सातौं, इङल्याण्डका जोस बटलर आठौं, दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन नवौं र न्यूजिल्याण्डका मार्टिन गुप्टिल दशौं नम्बरमा छन् । विराट कोहली ११ औं स्थानमा पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *