सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभावः स्थानीयवासी मर्कामा

डिसी नेपाल
९ मंसिर २०७८ १६:०८
12
Shares

काठमाडौँ ।हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ ।

उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् । तर स्वास्थ्य संस्थामा औषधि छैन”, स्थानीयवासी मेगराज रोकायाले बताए, “यसप्रति सरोकारवाला निकायको समेत ध्यान गएको छैन ।” उनका अनुसार आफू बिरामी भएको करिब दुई हप्ता भइसक्यो, स्वास्थ्य संस्थामा जाँदा सामान्य औषधि नपाएर रित्तो हात घर फर्कन बाध्य भएको छु ।

यतिखेर राहदेवको सामुदायिक स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएको रोकायाको भनाइ छ । दुई अहेव, एक अनमी र एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्था हाल सहयोगीको भरमा सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन् । संस्थामा स्वास्थ्यकर्मी र औषधि अभाव भए पनि गाउँपालिकाले वास्ता गरेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *