आइपिएलको आगामी सिजनका लागि पहिलो खेलाडी १४ करोडमा रिटेन

डिसी नेपाल
१० मंसिर २०७८ १०:१४

काठमाडौं। इण्डियन प्रिमियर लिगको आगामी सिजनको लागि पहिलो खेलाडी रिटेन गरिएको छ । राजस्थान रोयल्सले आफ्ना कप्तान संजू सामसनलाई १४ करोड रुपैयाँमा रिटेन गरेको हो । २७ वर्षीय सामसन अर्को सिजनको लागि प्रति सिजन १४ करोडमा सहमत भएपछि अब राजस्थानका कप्तानको रुपमा कायमै रहनेछन् ।

इएसपिएन क्रिकइन्फोका अनुसार संजू ती खेलाडीको सूचीमा पहिलो स्थानमा थिए जसलाई राजस्थानले ३० नोभेम्बरमा रिटेन्सन विन्डो बन्द हुनुपूर्व आफूसँग राख्न चाहन्थ्यो । संजू २०१८ मा ८ करोडमा राजस्थानसँग आबद्ध भएका थिए । उनलाई आइपिएलको १४ औं सिजनमा कप्तानी दिइएको थियो । गत सिजन उनले ब्याटबाट शानदार प्रदर्शन गर्दै १३७ को स्ट्राइक रेटमा ४८४ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *