जाजरकोट बस दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त – Dcnepal

जाजरकोट बस दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

काठमाडौँ ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज जाजरकोटमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। शोक वक्तव्य जारी गर्दै उनले दुर्घटना लगत्तै घाइतेको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको बताए ।

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिका–१३ बराचौर नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका थिए । गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर र गाडीमा नेपालगञ्ज पुर्‍याइएको छ ।

कर्णालीमा बारम्बार हुने सडक दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनको नियमित अनुगमन, सिट क्षमताअनुसार यात्रु राखे/नराखेको जाँच गर्न सुरक्षा निकाय र सरोकारवाला पक्षलाई निर्देशन दिएको शाहीको वक्तव्यमा उल्लेख छ । मुख्यमन्त्री शाहीले उक्त वक्तव्यमार्फत मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र शोकमा रहेका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो