त्रिवेणी कपको विजेताले पाँच लाख पाउने

डिसी नेपाल
१३ मंसिर २०७८ १०:०२

लमजुङ । लमजुङमा १२ पुसबाट त्रिवेणी कप–२०७८ फुटबल प्रतियोगिता हुने भएको छ । कपको विजेतालाई नगद ५ लाख, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

द्वितीयले रजत पदकसहित नगद ३ लाख पाउनेछ भने उपबिजेता दुई समूहले नगद ५०–५० हजार पाउने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ३३ लाख ६० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता बेसीशहरमा रहेको सहजी खेल मैदान त्रिवेणी रंगशालामा हुने भएको छ ।

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लवका अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार गत वर्ष कोरोनाका कारण स्थगित भए पनि यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *