माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

डिसी नेपाल
१८ मंसिर २०७८ १६:२६

लमजुङ । दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।

कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निस्शुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदौ‌ २०७८ देखि विद्युत उत्पादन गर्नु पर्ने थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *