इंग्लिस प्रिमियर लिग: युनाइटेड र टोटनहम विजयी

डिसी नेपाल
२० मंसिर २०७८ ७:१८
156
Shares

काठमाडौं।  इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन्। आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो। युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे।

अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ। घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे।

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ। पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ। अर्काे खेलमा टोटनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *