च्याम्पियन्स लिगः समूह ‘एच’मा युभेन्ट्स विजेता र चेल्सी उपविजेता हुँदै अन्तिम १६ मा

डिसी नेपाल
२३ मंसिर २०७८ ८:५७

काठमाडौंसाविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्‍यो । घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो ।

समूहको अर्को खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो ।चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे ।जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *