राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

डिसी नेपाल
२६ मंसिर २०७८ १८:०६
32
Shares

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेका छन् ।

सो अवसरमा उनले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए। राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा रावलले बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *