जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ

डिसी नेपाल
२९ मंसिर २०७८ २३:४२

मुगु । जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बुधबार छायानाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्ति सिंह कामीलाई बुधबार पक्राउ गरेको हो । कामीलाई जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

उनकाअनुसार गत वर्षको मंसिरमा कामीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार रहेका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *