अमेरिकामा बसेर नेपाली गीत गाउँदा गर्व गर्छन् यी भुटानी नेपाली

डिसी नेपाल
३ पुष २०७८ ८:०४

कोलम्बस, अमेरिका । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै रहदाँ लोक पौडेलले एउटा सपना साचेका थिए, राम्रो गायक बन्ने। तर शिविर भित्रको दुख सघर्षबीच त्यो सपना सोचे जस्तो सहज थिएन। दुखले चिमोटिरहने त्यो ठाउँबाट उठेर गायक बन्न अफ्ठ्यारा घुम्तीहरु धेरै थिए। तर तेस्रो देश पुनर्वासपछि उनको गायन सपनाले मुर्त रुप लिँदैछ।

११ वर्षअघि धेरैको सपनाको देश अमेरिका आइपुगेका लोक पछिल्ला बर्षहरुमा संगीतकर्ममा आफ्ना निरन्तर उपस्थिति जनाइरहेका छन्। भन्छन्, ‘अब सपना पूरा हुदैछ, अब यही बाटोबाट आफूलाई निरन्तर अगाडि बढाउने छु। ’ नेपाली संगीतकी चर्चित गायिका मेलिना राईसँग गाएको चर्चित गीत निलो कुर्ताले उनलाई चर्चित बनायो।

यो गीत यति लोकप्रिय बन्यो कि युट्युवमा मात्र ६१ लाख पटक हेरिएको छ हालसम्म। नेपाली टिकटक प्रयोगकर्ता माझ पनि यो गीत एकताका निकै लोक प्रिय बन्यो। ‘६ मिलियन भ्युज पाएको यही गीतबाट मलाई गायकको रुपमा धेरै माझ चिनाउन मद्दत गर्‍यो’, उनले हर्ष मिश्रित स्वरमा भने ‘अब त संगीत जीवनको अभिन्न अंग भयो।’ पछिल्ला वर्षहरुमा अमेरिकाबाटै नियमित जसो नेपाली गीत संगीत पस्किरहेका छन्।

२०१० मा नेपालबाट अमेरिकाको साउथडाकोटा राज्यको सुफल शहरमा आएका आएका उनी त्यसपछि नेपालीभाषी भुटानी धेरै भएको ओहायो राज्यको राजधानी कोलम्बस बसाइ सरे। साउथ डाकोटामा काम गरेका लोकले कोलम्बस आएपछि आफ्नै ब्यबसाय शुरु गरे। उनले मेनमार्ट नामक नेपाली ग्रोसरी पसल कोलम्बस नजिकैको रेनोल्ड्वर्गमा खोलेका छन्।

पौडेलको गायन आधुनिक, भजनदेखि चलचित्रसम्म फैलिएदो छ अहिले। पुर्णिमा, क्यारेङग्याङ २, निलकाँडालगायतका नेपाली चलचित्रमा गाएका उनले लगाइ दिन्थे तिमीलाई ,भो भो मलाई नगर माया, आमा तिमी छहारी मेरो, वल्ली हैन पल्ली, अर्काको नासो, बेरुवाकाको औठी, कस्तो लाग्यो तिमीलाई जस्ता २ दर्जन गीतमा गायकी पस्केका छन्।

‘त्यसपछि केही जीवन कम्फर्टेवल हुँदै गयो, अनि आफ्नो शिविरदेखि टुटेको सपनामा फेरि जोडिएँ’, लोक भन्छन्। त्यही बेलाउनको गीतकार हरि उप्रेतीस“ग भेट भयो, ‘त्यसपछि उहाँस“गको संगत, सहकार्यले गीतसंगीतमा सक्रियहुन थालें’, उनी भन्छन्। हरि भुटानी नेपाली समुदायका अब्बल गीतकार हुन्।

पौडेलको गायन आधुनिक, भजनदेखि चलचित्रसम्म फैलिएदो छ अहिले। पुर्णिमा, क्यारेङग्याङ २, निलकाँडालगायतका नेपाली चलचित्रमा गाएका उनले लगाइ दिन्थे तिमीलाई ,भो भो मलाई नगर माया, आमा तिमी छहारी मेरो, वल्ली हैन पल्ली, अर्काको नासो, बेरुवाकाको औठी, कस्तो लाग्यो तिमीलाई जस्ता २ दर्जन गीतमा गायकी पस्केका छन्।

लेखक : ऋषिराम कट्टेल

अलमल नगरौ (कृष्णभजन) इश्वर बस्छन् मनमालगायतका केही भजनमा स्वर दिएका लोकका केही गीत रेडडिङकै क्रममा तथा बजारमा आउने क्रममा छन्। अहिलेका चल्तीका अस्मिता अधिकारी, मेलिना राईजस्ता गायिकासँग धेरै जसो गाएका छन्। नेपालमा म्युजिक ट्रयाक बन्छ, उनी अमेरिकाकै स्टुडियोमा स्वर भर्छन् उनी नेपाल पठाउ“छन्। ‘खास भन्ने हो भने यहाँ संगीतिक बाताबरण छैन, समय निकाल्न गाह्रो हुन्छ, हाम्रो खाले गीतसंगीतको लागि नेपालजस्तो सबै स्रोत साधन उपलब्ध छैनन्’, उनी भन्छन्, ‘ यद्धपि आफ्नोतर्फबाट सक्दो यो क्षेत्रबाट गरिरहेकोछु।’

नेपालमै शरणर्थी जीवन बिताइरहेका बेला नेपाली संगीत क्षेत्रमा ३ गायकको बोलवाला थियो आधुनिक संगीतमा रामकृष्णढकाल, राजेशपायल राई, यम बराल। उनीहरुकै गायकी देखेर उनले सपना पालेका थिए म पनि यस्तै गायक बन्छु भनेर। भुटानको दागना जिल्लाको दोरोना लालीथप्परमा जन्मेका लोक त्यही सपनाले बेलडाँगी शिविर भित्रै त्यही सपनाले चिमोटेर संगीतको बाटोमा लागेका थिए।

संगीतको भोक यति थियो कि उनले ७ कक्षामा पढ्दै हारमोनियम किनेर शिविरभित्रै राग अलंकार सिके। त्यसपछि मोरङको उर्लाबारीमा रहेको सनलाईट संगीत विद्यालयबाट संगीत सिकेर शिविर भित्रैपनि संगीत सिकाए । शिविरमा उनले झण्डै २ दशक बिताएका थिए।

गायक बन्ने हुटहुटीले परिवार कसैलाई नभनी शिविर छोडेर काठमाडौ आए तर चिनेको कोही थिएन, पैसा थिएन फेरि झापाको बस चढेर फर्किए। ‘संगीतमा केही गरौं भन्ने उर्वर समयमा अभाव, विभिन्न समस्याले केही गर्न सकिएन’ सेट्रलओहायोको एट्नामा बसोबास गरिरहेका पौडेलले भने, ‘त्यो शिविरदेखिको संगीत सपनाअहिले पूरा गर्दै छु।’

तर ढिलै किन नहोस् आफ्नो शिविरदेखिको सपना पूरा गर्न पाउँदा छाती गर्वले फुल्छ उनको अहिले। निलो कुर्ताले लगायतका गीतबाट चर्चित बनेका भुटानी नेपाली गायक लोक पौडेल अमेरिका बसेर नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन्। वास्तवमा यिनी शरणार्थी शिविरबाट उठेको एउटा सांगीतिक स्वर हुन्।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *