बाँकेमा दुई लाखले लगाए कोरोनाविरुद्धको खोप

डिसी नेपाल
८ पुष २०७८ १८:४१
28
Shares

काठमाडौं। बाँकेमा करिब दुई लाखले कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार लक्षित उमेर समूह १८ वर्ष माथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुवै मात्रा लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठले खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये ४८.६ प्रतिशतले मात्र खोपको दोस्रो मात्रा पुरा गरेका छन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोजको खोप नलगाउने ६६ हजार ९ सय ७४ रहेका छन् । फोकल पर्सन श्रेष्ठले अझै जिल्लामा १ लाख ४१ हजार ६ सय ७४ जना मानिसहरू खोपको पहुँचदेखि बाहिर रहेको बताए ।

उनले भने, ‘खोपको पहुँचमा नरहेका ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकामा शनिबार बाहेक अन्य बार नियमित खोप लगाउने अभियान सञ्चालन गरेका छौं ।’ उनले बाँकेमा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई खोप लगाउनको लागि पुनः पहल गर्ने गरी योजना निर्माण गरिएको स्पष्ट पारे ।

उनले पालिका अनुसार खोप लगाउन छुटेका सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरका ३२ हजार ४ सय १८, राप्ती सोनारीका २२ हजार ८ सय ६४, बैजनाथ गाउँपालिका २० हजार ७ सय ४७, कोहलपुर १६ हजार ८ सय ३३, नरैनापुर १५ हजार ५ सय ९४, खजुरा ११ हजार ८ सय ५०, जानकी ११ हजार २ सय ४९, डुडुवा १० हजार १ सय १९ जना रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *