बाँकेमा १६ वर्षीया किशोरीमाथि बलात्कार

डिसी नेपाल
८ माघ २०७८ १८:०४

काठमाडौं । बाँकेमा १६ वर्षीय युवती बलात्कारको शिकार भएकी छिन् । नेपालगन्ज–१२ स्थित नन्दनीमिलकी १६ वर्षीया किशोरी साथीहरुसँग घुमघाम गरिरहेका बेला साथीहरुलाई कुटपीट गरी भगाएर उनलाई बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

साँझ पाँच बजेको समयमा उनीसँग रहेका साथीहरुलाई कुटपीट गरेर मोटरसाइकलमा हाली अपहरण शैलीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार कुटपिटमा उत्रिएका खजुरा गाउँपालिका–१ सैनिक गाउँका हरिश सुनारले ति किशोरीलाई जबरजस्ती करणीसमेत गरेका हुन् ।

हरिशसँगै सुशान्न सुनार, सुमित गाहा मगर, नविन थापा, नेप्टे भन्ने व्यक्तिले मोटरसाइकलमा आएर कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार ती किशोरी आबिद खान, सुरज बर्मा, कृष्णसिंह ठकुरीसँग घुम्न गएकी थिइन् । ‘हरिशले भे १०प ८६३ नम्बरको मोटरसाइकलमा बसालेर किशोरीलाई लगेको रहेछन् हामीले उनकै घरको कोठाबाट उद्धार गरेका हौ’, डिएसपी न्यौपानेले भने ।

ति किशोरीले प्रहरीलाई दिएको बयानअनुसार हरिशले जंगल र कोठामा गरी दुईपटक जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले अहिले ति केटाहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

‘साथीहरुको साथ लिएर उनलाई किन अपहरणको शैली अपनाइयो, घरमा किन लग्यो भन्ने बारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौ’, डिएसपी न्यौपानेले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *