सामेल सार्कीको उपचारका लागि सहयोग रकम हस्तान्तरण

डिसी नेपाल
१२ माघ २०७८ ८:१३

कुर्दिस्तान। दश वर्षीय बालक सामेल सार्कीको मृगौलामा समस्या देखिएपछि विगत ६ वर्षदेखि अस्पतालमा उपचाररत छन्।

धरान–१४ विजयपुर घर भइ हाल कुर्दिस्तान इराक सुलेमानीमा कार्यरत उनको पिता सरोज सार्कीले छोराको उपचारमा सहयोगका लागि कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीलाई सहयोग अभियान चलाउन अनुरोध गरेका छन्।

सार्कीको उपचारका लागि १९ डिसेम्बर २०२१ मा तीन सय अमेरिकी डलर र चार लाख पाँच हजार इराकी डिनार निकासा गरी स्वेच्छिक अभियान सुरु गरिएको थियो।
स्वेच्छिक अभियानमा कर्दिस्तान सुलेमानीमा कार्यरत नेपालीमार्फत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका पदाधिकारीले सहयोग उपलब्ध गराएका थिए।

युथ किङ क्लबले पनि आफ्नै सक्रियतामा सामेल सार्की बचाउ अभियान चलाएर रकम संकलन गरेको थियो। स्वेच्छिक सहयोगमा तमु समाज सुलेमानी, ख्रिष्टियन समाज नेपाल, नेपाली रेष्टुरेन्ट एण्ड बारलगायत सुलेमानीमा कार्यरत नेपालीले खुलेर सहयोग गरेका थिए।

सबैको प्रयासबाट २१ जनवरी २०२२ मा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीले सुलेमानीस्थित नेपाली पार्कमा औपचारिक कार्यक्रम गर्दै २६ लाख ८६ हजार ५ सय इराकी डिनार र एक हजार ४ सय २० अमेरिकी डलर गरी कुल दुई हजार ९ सय ४७ अमेरिकी डलर पीडितका बुवा सरोज सार्कीलाई हस्तान्तरण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *