निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

डिसी नेपाल
१८ माघ २०७८ १५:०५
52
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन्।

प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न आयोगका पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

गत शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठमा स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो। सकारकार प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए।

सरकार निर्वाचन गर्ने तयारीमा जुटेका बेला प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *