उत्तराधिकारी र राजनीतिको लघु कथा

डिसी नेपाल
२९ माघ २०७८ ७:१२

एक कसैले लेखेको कथाबाट सुरु गरौं आजको लेखन। लघु कथा रहेछ। संस्थापक प्रेमचन्द भएको सन १९३० मा प्रकाशन सुरु भएको भारतीय हंस पत्रिकाको अप्रैल २०११ को अङ्कमावीरेन्द्र यादव को “उत्तराधिकार” शीर्षकको लघु कथामा आँखा पर्‍यो। पुराना पत्रिकाहरु मिलाउने क्रममा फेला परेको हंसपत्रिका।

राजनीति क्रुर हुन्छ, राजनीति छलकपटमा हुर्केको हुन्छ। षड्यन्त्रको मलजलमा फले फूलेको हुन्छ, राजनीतिले आफ्नो अर्को भन्दैन। राजनीतिले राजनीति फाइदा हेर्छ भन्ने आमजनमानसको धारणालाई गलत सावित गरेन “उत्तराधिकार” लघुकथाले।

विम्वसार-अज्ञात शत्रुको राजनीति कहानी, माओ र उनकी कान्छीपत्नीको राजनीतिक कहानी, खोज्दै जाँदा पृथ्वीनारायण शाहसँग भाइहरुले एकीकरणपछि राज्य भाग लगाउनु पर्ने मागको राजनीति, राजा सुरेन्द्र र राजेन्द्रबीचको कहानी, जंगबहादुर र उनकै मामा माथवर सिंहको कहानी, विपी र मातृकाको राजनीतिक कथा सुनेकै हो। कतिपय प्रसङ्ग पढेको पनि हो।

कथालाई हंसबाट सारेर भन्न र लेख्न खोजको तर प्रसङ्ग अर्कै भए जस्तो लाग्यो। राजनीतिलाई साउथ इण्डियन सिनेमाले गजवको पाराले देखाउँछ। फेन्टैसी जोडेर। घृणा पनि लाग्छ, नायकको चरित्रले आश पनि देखाउँछ, दर्शक र यथार्थमा जनमानस माछामाछा भ्यागुतोको भोगाइ भोग्छ। चुनावहोस या अधिवेशन, नेता अचम्मैले क्षणिकका लागि परिवर्तनको नाटक गर्छन्।

नाटक त लेखकले र निर्देशकले कुन साँचोमा ढाल्छन् त्यसैमा नाटकको जिवन्तता हुन्छ। चुनाव र अधिवेशनको नाटकका लेखक, निर्देशक, कलाकार, ध्वनि संयोजन, नृत्य निर्देशक, संगीतकार, गितकार एउटै हुन्छ। कसैले लेखक देख्छ उसको नाटकमा, कसैले निर्देशक, कलाकार संगीतकार जे जे रुपमा देख्न सक्छन् कार्यकर्ताले र जनताले त्यही–त्यही रुपमा देखाउँछन्।

यशोदा माताले कृष्णको माटो खुवाइमा मुख खोलेर हेर्दा ब्रम्हाण्ड देखेझैं ब्रह्माण्डका नायक देख्छन् जनता र कार्यकर्ताले। यो भ्रमको उद्योगले के के उत्पादन गर्छ, सपनाको सौदागर बन्छ त्यसको कल्पना ऊ आफैंले पनि गर्न सक्दैन।

मार्नका लागि इनाम घोषणा गने-मारिनेमा नाम पर्नेहरुबीच विपीले भने झैं राजा मेरो घाँटी एउटै हो भने झैं एकाकार भएका छन्। स्वार्थ फेरि भत्किन्छ, अनि स्वार्थका लागि पुनःअंगालो हाल्छन्।

कथा सुरु गरौं राजनीति यस्तै हो। कथा पनि राजनीतिको केन्द्र भागमा नै छ। त्यसले प्रसङ्ग लम्विन खोजेको हो। जीवनका कथाहरु जस्तै राजनीतिको कथा पनि आफ्नै प्रकारको हुन्छ। दन्त्य कथाझैं सुन्नेलाई सुनको माला भन्नेलाई फूलको मालाको कामना गरिन।

कथाको सार यस प्रकार छः–अनुवाद होइन यो सार मात्र खिचेको। उप चुनावको टिकट नदिए पछि मन्त्रीज्यूको रिसाएको छोराले पार्टीबाट विद्रोह गर्‍यो। मन्त्रीजी आफैंले प्रेसकन्फ्रेन्स आयोजना गरी छोराको विरुद्धमा हाइकमाण्डसँग अनुशासनात्मक कारवाहीको माग गरे। टिकट नपाएको कारणबाट रिसाएको छोरोले बाबुसँग आफूविरुद्धको कारवाहीको मागको कारण सोध्यो।

मन्त्रीजीले भने “राजनीतिमा हा, ना र हार जितको दिलमा लिनु हुँदैन। राजनीति दिलको होइन दिमागको खेल हो। तेरो खिलाफ अनुशासनात्मक कारवाहीको माग गरेर मैले पार्टीप्रति आफ्नो वफादारीलाई सावित गरिदिएँ। अरु कसैले पनि मलाई औंला ठडाउन सक्तैन।

यसले मेरो कुर्सी सुरक्षित भयो। रह्यो तेरो कुरो म पार्टीमा रहेर पनि तेरो लागि केही गर्न सक्छु। जे भएपनि मेरो पछि यो कुर्सी तँलाई नै प्राप्त हुन्छ। याद राख छोरा राजनीतिमा लामो समय खेल्नु छ भने द्ररदर्शी बन्।

जोडतोडको वर्तमान राजनीतिको समयमा दाउपेचको माहिर खेलाडीको यो खेलले समक्ष छोरो नतमस्तक भयो। अर्कोतर्फ मन्त्रीजीले पनि राहतको सास लिएउनको कुर्सीको एक दावेदार घटेकोमा।

कथा अनुवाद होइन भावलाई पस्केको हो। त्यसले भनिन्छ राजनीतिको खेलमा वर्गीय लडाई, स्वतन्त्रताको लडाई, आर्थिक प्रगतिको नारा सिर्फ भ्रमपूर्ण वचनको खेल भएको छ। शत्रु मित्रु कोही हुँदैन। अहिले फलानो वाहिर गयो, फलानो आयो, फलानोले पार्टी फुटायो, फलानाको कारणवाट पार्टी फुटे भन्ने सम्वन्धमा आलेख, प्रतिवेदन, समाचार बन्छन्, बनेका छन्।

ती समाचारहरु झुटमा परिणत हुनेछन् अथवा विश्लेषण नगरी समाचार बनाए भन्ने भोलि नै आरोप लाग्न सक्छ। फेरि तिनै समाचारहरुले राजनीतिको सत्ताको आवश्यकताले एकीकरण भए भनी लेख्न सक्छन्। कार्यकर्ताले कुनै पनि मध्यम खालको नेताले, दलहरुका दोश्रा, तेश्रो नेताहरुले यसपछि मेरो नभने हुन्छ, वाबु छोराको वीरेन्द्र यादवको उत्तराधिकारी कथा लागू हुन सक्छ।

सरापेर स्तुति गाउनेहरु क्षणिक लाभ पाउलान् तर स्तुति गर्न पनि नयाँ रोल मोडलको खोजी गरिन्छ राजनीतिमा। पुराना स्तुतिहरु बासी हुन पुग्छन्। थामथुमको राजनीति भनेको आफ्नो दुनो सोझ्याउने हो। आजीवन अब यसले सधैं उसलाई गाली, विरोध गरिरहन्छ, उसका चिन्तकलाई नङ्ग्याउँछ भन्ने भ्रममा परेकाहरु एकाएक अंगालोमा बाँधिएर एक आपसमा बिलयको घोषणा गरेको पनि देखिएकै छ।

मार्नका लागि इनाम घोषणा गने–मारिनेमा नाम पर्नेहरुबीच विपीले भने झैं राजा मेरो घाँटी एउटै हो भने झैं एकाकार भएका छन्। स्वार्थ फेरि भत्किन्छ, अनि स्वार्थका लागि पुनःअंगालो हाल्छन्। को कसको, को कताको हाइकमाण्डलाई अधिवेशन र सत्ताको लागि चाहिन्छ। आफ्ना भनिएकाहरुको दुर्दशा गराएर सत्ता, नेतृत्व पाइन्छ भने मूल नेतृत्व भनिएकाहरु त्यत्तैतिर जोइल र पोइल जान सक्छन्।

फेरि कुनै पनि वेलातलाक हुन्छ। राजनीतिमा फेरि कसैसँग तलाक भएको थियो पछि फेरि त्यस्तैमा पुनःविवाह हुन सक्छ। वीरेन्द्र यादवको कथा राजनीतिको एउटा कोणको व्यङ्गय हो। मैले मनपराएर पस्केकोमा क्षमा माग्दछु, मेरो स्वाद अरुको स्वादसँगै नमिल्न पनि सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *