३० तस्वीरमा इशान किशनकी गर्लफ्रेण्ड, सबैभन्दा महंगोमा बिकेपछि दिइन् यस्तो प्रतिक्रिया

डिसी नेपाल
१ फागुन २०७८ १५:०१

काठमाडौं। आइपिएल २०२२ को लिलामीको पहिलो दिन इशान किशन सबेभन्दा महंगोमा बिक्री भए । इशानलाई मुम्बइ इण्डियन्सले १५.२५ करोड रुपैयाँ मूल्यमा अनुबन्ध गरेको छ । यससँगै इशान आइपिएल लिलामीको इतिहासमा दोस्रो महंगा भारतीय खेलाडी बनेका छन् । २ करोड बेस मूल्यका इशानको लागि बोली लगाउन मुम्बइले नै सुरु गरेको थियो । उनलाई किन्नको लागि सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स र पंजाब किंग्सले पनि प्रतिस्पर्धा गरेका थिए ।

यति ठूलो मूल्य पाएपछि इशान एक पटक फेरि चर्चामा छन् । फ्यानहरुले अब इशानको व्यक्तिगत जीवनप्रति चासो राख्न थालेका छन् । इशानले अहिलेसम्म आफ्नो लभ स्टोरीबारे खुलासा गरेका छैनन् तर उनको नाम सुपरमोडल अदिती हुंडियाको साथमा जोडिने गरेको छ । अदिती २०१९ मा मुम्बइ इण्डियन्सको एक खेलमा हौसला बढाउन आएकी थिइन्, त्यतिबेलादेखि नै यी दुईको नाम जोडिने गरेको छ । अदितीले इशानको राम्रो इनिङपनि उनको फोटो क्याप्सनका साथ शेयर गर्छिन् ।

आइपिएल अक्सनमा महंगोमा बिकेपछि इशान किशनले सामाजिक संजालमा पोस्ट गरेका थिए । यो पोस्टमा प्रतिक्रिया दिँदै अदितिले आफूलाई यसबाट गर्व लागेको बताएकी छिन् । अदिती व्यवसायिक मोडल हुन् । अदिती मिस इण्डिया २०१७ की फाइनलिस्ट हुन् । उनी २०१८ मा मिस सुपरनेचुरल इण्डिया पनि रहिसकेकी छिन् । उनले २०१६ मै मोडलिङ सुरु गरेकी थिइन् । पछिल्ला केही वर्षमा उनी कैयौं म्युजिक भिडियो र विज्ञापनमा देखिएकी छिन् ।

२२ वर्षका इशानलाई २३ वर्षकी अदितीसँग फोटो खिचेको बेलाबेलामा देखिएको छ । इशान र अदितीको फोटो २ वर्ष पहिले उनको जन्मदिनमा भाइरल भएको थियो । इशानले पहिलो अन्तर्राष्ट्रिय क्याप पाउँदा अदितीले क्याप समारोहको भिडियो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् । आइपिएल २०२० मा इशानले ५८ बलमा ९९ रनको इनिङ खेल्दा अदितीले उनको फोटोको साथमा ‘आइ एम प्राउड अफ यु बेबी’ लेखेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *