भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोना खोप

डिसी नेपाल
१२ फागुन २०७८ १५:४९

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप एक लाख डोज कोरोना खोप प्रदान गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजि एक कार्यक्रममा खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो ।

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका थिए ।

लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरेका थिए ।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोरोना महामारी विरुद्ध लड्न सहयोग गरिरहेको छ ।

‘भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ,’ काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *