बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

डिसी नेपाल
१३ फागुन २०७८ १३:१५

काठमाडौं । हाम्रो समाजमा जब कुनै किशोरी महिनावारी हुन्छ । उ बच्चा जन्माउन योग्य भैहाल्छे भन्ने भ्रम छ । त्यही कारण समाजमा अझैं पनि बालबिवाहका धेरै उदाहरणहरु हामी देख्न सक्छ । ती अपरिपक्व किशोरीलाई थाहा नै नभइ उ गर्भवती हुन्छे । कम उमेरमा वा २० वर्ष भन्दा पहिले केटी मान्छेमा वृद्धि विकास पूर्ण रुपमा भैसकेको हुँदैन । फलस्वरुप गर्भपत हुने, गर्भवती महिलाको मृत्यु हुने, बच्चा अपांग जन्मने, सुत्केरी हुँदा शल्यक्रिया अनिवार्य जस्तै हुने, आमा र बच्चामा दीर्घकालसम्म समस्या देखापर्ने गर्दछ ।

कुन उमेर बच्चा जन्माउनको लागि सबै भन्दा उत्तम हुन्छ त ? चिकित्सकहरु भन्छन् सामान्यतय बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०-४५ वर्षसम्म हो । यसमा पनि २० देखि ३० वर्षको महिलाको लागि बच्चा जन्माउने निकै राम्रो मानिन्छ ।

२० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउनु स्वास्थ्यको दृष्टिमा जोखिम समय हो । भने, ३० वर्षपछि बच्चा जन्माउनु पनि स्वास्थ्यको हिसाबले जोखिम नै हो । २० वर्ष भन्दा पहिले र ३० वर्ष भन्दा पछि बच्चा जन्माउनु आमा र बच्चा दुबैको लागि खतरनाक हुन्छ । निश्चित उमेरमा जन्मिएका बच्चा तुलनात्मक रुपमा स्वस्थ र स्फूर्त हुने गर्छन् ।

महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ। उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोम जस्तो जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ ।

२० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको चिकित्सकहरु बताउँछन् । उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव, प्रदुषण जस्ता कारण प्रजननमा असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलाको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *