सेतो पानी बग्छ ? यी हुन् घरेलु उपायहरु
काठमाडौं । सेतो पानी बग्ने समस्या धेरै महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर गर्छ । महिनावारीको अघि पछि सेतो पानी बग्नु धेरैको समस्या हो । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । अधिकांश महिलाहरुको योनीबाट सेतो, पहेंलो, रगत मिसिएको चिप्लो पदार्थ बग्ने समस्या हुन्छ । यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत पनि हुन सक्छ । सामान्य किसिमबाट बग्ने पदार्थ गन्ध नआउने पातलो हुन्छ । गर्भवती भएको बेलामा बग्ने सेतो पानी सामान्य हुन्छ ।
के कारण बग्छ सेतो पानी ?
महिलाहरुको आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुँदा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यसरी बग्ने पानी असामान्य खाले पहेँलो वा गन्ध आउने खालको हुन्छ । यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ । साथै कुनै पनि किसिमको तनाव वा हतोत्साहित हुँदा पनि सेतो पानी बग्छ । यस्तै यौन सम्र्पकबाट सर्ने रोगहरु, भाइरस वा व्याक्टेरियल रोगहरु वा भिरिङ्गी जस्ता कारण पनि सेतो पानी बग्छ । कुनै पनि महिलाले पटक पटक गर्भपतन गराउदा पनि सेतो पानी बग्छ । यस्तै महिला शरीरिक रुपमा कम्जोर हुन्दा पोषक तत्वको कमी हुँदा पनि सेतो पानी बग्छ ।
सेतो पानी बग्दा देखिने लक्षणहरु :
– चक्कर आउनु।
– शरीरमा थकावट हुनु।
– संवेदनशील अंग चिलाउनु।
– शरीरमा कमजोरी महसुस हुनु।
– संवेदनशील अंगबाट दूर्गन्ध आउनु।
सेतो पानी बढी मात्रमा बग्दा देखिने असरहरु :
कमजोरी हुने, अल्छि लाग्नु, सेतो पदार्थ योनी वरीपरि देखिनु, ढाड तथा पेटको तल्लो भागमा दुख्ने, गल्ने, कब्जियत हुने, टाउको दुख्ने, योनी चिलाउने, सुनिने तथा बेचैनी हुने, आँखाको तलपट्टि कालो हुने, च्याउरी पर्ने, अपच हुने, कालो हुने, अपच हुने, भोक नलाग्ने, पेट फुल्ने, नराम्रो गन्ध आउने ।
यसबाट बच्ने घरेलु उपाय:
– फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । यस्तो गर्दा एक हप्तामा नै सेतो पानी बग्ने समस्याको समाधान हुने गर्दछ ।
– चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्नुपर्छ ।
– १ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ ।
– मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्ने ।
– भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्ने ।
– जेठी मधुको जरालाई पिँनेर धुलो बनाउने । एक चम्चा धुलालाई मनतातो पानीमा घोलेर बिहान बेलुका सेवन गर्ने ।
– भिण्डीको सुकेको जरा १०० ग्राम, सुकेको पिडालु १० ग्राम दुवैलाई पिसेर कपडाले छान्नुहोस् । ६ ग्राम मिश्री मिलाई ३ हप्तासम्म नियमित खानाले सेतो पानी बग्न छाड्छ ।
– विहान बेलुका पाकेको केरा २ हप्तासम्म खानाले सेतो पानी बग्ने समस्या हट्छ ।
–अमलाको धुलो र सेतो जिराको धुलो बराबर मात्रामा मिलाई १ चम्चा धुलो बेलुका सुत्ने समयमा चिसो पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment