दिवंगत वडाअध्यक्षकाे स्मृतिमा खुल्ला भलिवल प्रतियाेगिता

डिसी नेपाल
१३ फागुन २०७८ २२:५४

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाकाे वडा नं ८ का दिवंगत वडाअध्यक्षकाे स्मृतिमा खुल्ला भलिवल प्रतियाेगिता आयोजना भएकाे छ ।

काेभिडकाे कारण दिवंगत भएका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालकाे स्मृतिमा आयोजना गरिएको प्रतियाेगिताकाे लुम्विनी प्रदेशका पुर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।

प्रदेशसभा सदस्य समेत रहेका आचार्यले बल सर्भिस गरेर प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । प्रतियाेगितामा ९ टिमकाे सहभागिता रहेकाे छ ।

वडा कार्यालयकाे आयाेजनामा शुरु ‍ भएकाे प्रतियाेगिताकाे उद्घाटन शत्रमा सन्धिखर्क तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुखहरु समेत सहभागी थिए ।

प्रतियाेगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *